Skip to content
अविरल वर्षा र लेदोका कारण काभ्रेपलान्चोक जिल्लामा बीपी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा, बोक्सीकुना र नार्केल क्षेत्रमा पहिरो र लेदो खस्दा सडक यात्रा असम्भव बनेको छ।
प्रहरीले अवरुद्ध सडक सुचारु हुन समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुलाई अनुरोध गरेको छ।
Post Views: 146