बागलुङको पर्यटकीय गन्तव्य पञ्चकोट पुग्ने छोटो सडक कालोपत्र भइरहेको छ।
धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास भएपछि पाँचकोटको सङ्गम स्थलसम्म पुग्ने सडकलाई चार किमी लामो र पाँच दशमलव पाँच मिटर चौडाइ सहित स्तरोन्नति गरिएको छ।
सडक निर्माणमा सङ्घीय सरकार र बागलुङ नगरपालिकाले ५०/५० प्रतिशत लगानी गरेका छन्।
ठेक्का मूल्य रु ८ करोड ६७ लाख भएको छ र हाल ७६ प्रतिशत भौतिक र ७२ प्रतिशत आर्थिक प्रगति पूरा भइसकेको छ।
सडक स्तरीय भएपछि भारतीय तथा आन्तरिक पर्यटकले पञ्चकोट पुग्न सजिलो हुने विश्वास व्यक्त गरिएको छ।
नयाँ सडकले मुक्तिनाथ बाबा परिक्रमा मार्गको दूरी पनि दुई किमी छोट्याउनेछ।