Skip to content
दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
दुर्घटना दमकबाट मोरङको टाँडीतर्फ जाँदै गरेको बा२ख १९८३ नम्बरको बस मा भएको हो, जसमा ३५ जना सवार थिए।
घाइतेमध्ये एकको अवस्था गम्भीर छ भने अन्य २० जनालाई उपचारपछि घर फर्काइएको छ।
बस चालक भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
Post Views: 88