केन्यामा विमान दुर्घटना

केन्याको तटीय क्षेत्र क्वालेमा मासाई मारा राष्ट्रिय आरक्षतर्फ उडान भर्ने क्रममा सानो विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।

मृतकमध्ये धेरैजसो विदेशी पर्यटक थिए।

विमानमा ८ हंगेरी, २ जर्मन यात्रु र एक केन्याली पाइलट थिए, जसको सबैको मृत्यु भएको छ।

दुर्घटना बिहान भारी वर्षा भइरहेकै समयमा भएको थियो। केन्याको नागरिक उड्डयन प्राधिकरणले स्थानीय समयअनुसार बिहान ८ः३० बजे हिन्द महासागर नजिक विमान दुर्घटना भएको पुष्टि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *