यातायात विभागले २६ कर्मचारी हटायो

यातायात व्यवस्था विभागले करारमा काम गरिरहेका २८ मध्ये २६ जनालाई बिदा दिएको छ। केवल महानिर्देशकका चालक महोन मगर र सहयोगी निर्मला चौधरीलाई मात्र राखिएको छ।

सरकारले खर्च कटौती नीति अनुसार शिक्षकबाहेक सबै करार कर्मचारी हटाउने निर्णय गरेको थियो। त्यसकै कार्यान्वयनस्वरूप विभागले २६ कर्मचारीलाई कार्तिक १ गतेदेखि पदमुक्त गरेको हो।

विभागीय निर्णयपत्रमा भनिएको छ —
“अर्को आदेश नभएसम्म तपाईंसँग गरिएको व्यक्तिगत करार सम्झौता कार्तिक १ गतेदेखि अन्त्य गरिएको छ।”

यससँगै सबै करार कर्मचारीको जागिर औपचारिक रूपमा समाप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *