Skip to content
नेपाल वायु सेवा निगमले (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ।
प्राविधिक कारणले असोज ९ गते तय भएको उद्घाटन उडान ढिलाइ भई शनिबार मात्र काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं नियमित उडान प्रारम्भ भएको हो।
निगमले हप्तामा तीनवटा नियमित उडान गर्ने तालिका बनाएको छ।
एकतर्फी भाडा ३० हजार र दोहोरो टिकट ५० हजार तोकिएको छ।
हाल यो रुटमा चीनको चाइना साउदर्न र नेपालबाट हिमालय एयरलाइन्स उडान भर्दै आएका छन्।
नेपालीहरूको उपस्थिति बढी भएकाले यसबाट निगमलाई आर्थिक लाभ हुने अपेक्षा गरिएको छ।
यससँगै नेपाल एयरलाइन्सले ९ देशका ११ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।
Post Views: 208