जेन–जी क्षतिग्रस्तलाई ८०% कर्जा

नेपाल राष्ट्र बैंकले जेन–जी आन्दोलनबाट प्रत्यक्ष क्षति पुगेका उद्योग तथा व्यवसायिक प्रतिष्ठानलाई नयाँ सवारी साधन किन्न सहज बनाउन विशेष व्यवस्था गरेको छ।

अब उनीहरूले गाडी वा ढुवानी साधन खरिद गर्दा कुल मूल्यको ८० प्रतिशतसम्म बैंकबाट ऋण लिन सक्नेछन्।

यसअन्तर्गत, नयाँ गाडी खरिद गर्दा केवल २० प्रतिशत मात्र डाउनपेमेन्ट गर्नुपर्नेछ।

राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार, यो सुविधा आन्दोलनबाट क्षति भएका व्यवसायिक प्रतिष्ठानले मात्र पाउनेछन्।

अन्य सामान्य ग्राहक वा संस्थाका लागि भने पुरानै व्यवस्था लागू हुनेछ, जसअनुसार निजी वा विद्युतीय सवारी साधन किन्न अधिकतम ६० प्रतिशतसम्म मात्र कर्जा उपलब्ध छ र ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्नेछ।

👉 यो नीतिले प्रभावित व्यवसायलाई पुनः सञ्चालन गर्न सहज बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *