नयाँ गाडीको डेलिभरी सुरु

दसैं नजिकिँदै गर्दा अटो व्यवसायीहरूले आफ्नो बुकिङ गरेका नयाँ गाडीहरू ग्राहकलाई डेलिभरी दिन थालेका छन्।

चीनसँगको कोरला र तातोपानी नाका खुलेसँगै रोकिएका गाडीहरू धमाधम भित्र्याइएर वितरण गरिएको हो।

गत भदौ महिना नै गाडी बुकिङ भएका भएपनि नाका बन्द रहँदा ढिलाइ भएको थियो। करिब ४०० बढी गाडी कोरला नाकाबाट भित्रिएका छन् र क्रमशः ग्राहकसम्म पुर्‍याइँदैछन्।

व्यवसायीहरू पहिलो पटक नाकाहरू खुलेर डेलिभरी गर्न पाएको र ग्राहकलाई समयमै गाडी पुर्‍याउनेछ भन्नेमा उत्साहित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *