दशैंमा काठमाडौं–चितवन सेवा

साझा यातायातले दशैँ अवधिभर काठमाडौं र चितवनबीच बस सेवा सञ्चालन गर्ने भएको छ।

सेवा मंगलवारदेखि सुरु भएर पूर्णिमासम्म चल्नेछ।

यात्रुहरूलाई बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म नियमित समयमा बस उपलब्ध गराइनेछ।

एकतर्फी भाडा रु ३०० निर्धारण गरिएको छ। साथै बसमा यात्रा गर्दा खाली सीट नभएसम्म उभिएर यात्रा गर्न नपाइने व्यवस्था गरिएको छ।

पुल्चोक साझा यातायातबाट छुट्ने यी बसहरू नाम, लगनखेल, कोटेश्वर, चक्रपथ, गोंगबु, कलंकी मार्ग हुँदै चल्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *