वैकल्पिक बाटो विकास

दमौली–नारायणगढ सडकखण्डमा लगातार पहिरो झर्ने समस्या झन् गम्भीर बन्दै गएको छ।

मुख्य राजमार्ग अवरुद्ध हुँदा यात्रु र सामान ढुवानीमा ठूलो समस्या भएको छ।

लामो समयसम्म वैकल्पिक व्यवस्था नहुँदा स्थानीयदेखि व्यापारीसम्म प्रभावित भएका छन्।

यही अवस्थालाई ध्यानमा राख्दै गण्डकी प्रदेश सरकारले अब वैकल्पिक बाटो विकास गर्ने योजना अघि बढाएको छ।

यसका लागि तनहुँको खैरेनीटार हुँदै गैँडाकोटसम्म पुग्ने मार्गलाई प्राथमिकतामा राखिएको छ।

विशेष गरी साना सवारीसाधनलाई सहज बनाउने गरी सडक मर्मत र विस्तार गरिने बताइएको छ।

नयाँ मार्ग दमौलीदेखि खैरेनीटार, भीमाद, मानपुर, डेढगाउँ, वुलिङटार, ढोडेनी हुँदै गैँडाकोटसम्म पुग्ने गरी प्रयोगमा ल्याइने छ।

यसबाट यात्रुहरुले लामो जाम र जोखिमपूर्ण सडकबाट केही राहत पाउने अपेक्षा गरिएको छ।

सडक विभागका अधिकारीका अनुसार वैकल्पिक बाटो विकास भएपछि मुख्य राजमार्गमा पर्ने दबाब केही कम हुनेछ।

साथै, आकस्मिक अवस्थामा पनि यातायात अबरुद्ध हुन नदिन यसले सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *