Skip to content
अर्थमन्त्री रामेश्वर खनालले निजी व्यवसायीलाई भरोसा दिने काम थालेका छन्।
उनी काठमाडौंको थापाथलीस्थित क्षतिग्रस्त गाडीका शोरुम र भाटभटेनी सुपरमार्केटका स्टोर पुगे।
त्यहाँ उनले आगजनी, तोडफोड र लुटपाटबाट प्रभावित व्यवसायीलाई भेटे।
खनालले सरकारले उनीहरुलाई साथ दिने र सहयोग गर्ने बताए।
क्षतिबारे विवरण संकलन गरेर बीमा कम्पनीमार्फत दाबी गर्न सकिने व्यवस्था मिलाइने उनको भनाइ छ।
यसरी उनले व्यवसायीलाई ढाडस दिँदै अर्थतन्त्रलाई पुनः उठाउने संकेत दिएका छन्।
Post Views: 113