इन्धन गाडी विद्युतीय बनाउने योजना

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले इन्धनमा चल्ने गाडीलाई विद्युतीयमा रूपान्तरण गर्न कार्यदल गठन गरेका छन्।

सात दिनभित्र सुझाव पेस गर्न निर्देशन दिँदै उनले भारतबाट इन्धन आयात घटाउन विद्युतीय सवारी र पूर्वाधार विस्तारमा जोड दिएका छन्।

सार्वजनिक सवारीसाधन र घरायसी प्रयोजनका गाडीलाई विद्युतीय बनाउने उपाय खोज्नुपर्ने आवश्यकता औंल्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *