कास्की ट्राफिकलाई वाडाको सहयोग

जेन जी आन्दोलनका क्रममा आगजनी भएपछि जिल्ला ट्राफिक कार्यालय कास्कीको दैनिक कार्यमा समस्या परेको थियो ।

त्यसपछि पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)ले नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालसँग सहकार्य गरी कम्प्युटर, प्रिन्टरलगायतका सामग्री सहयोग गरेको हो ।

वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाले ट्राफिक व्यवस्थापनमा दिनरात खटिने प्रहरीलाई सहज बनाउन यो सहयोग गरिएको जानकारी दिए ।

सामग्री हस्तान्तरण कार्यक्रममा ट्राफिक प्रमुख शोभा पाण्डेयले व्यवसायीहरुको सहयोगले कार्यालयलाई ठूलो राहत पुगेको प्रतिक्रिया दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *