नेपाल अटोमेकानिक्स व्यवसायी महासंघले हालै नेपालमा भएको ‘जेन-जी आन्दोलन’ र विकासका मागलाई समर्थन गर्ने निर्णय गरेको छ।
महासंघले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनमा सहभागी सर्वसाधारण र विशेषगरी यातायात व्यवसायी, मेकानिक तथा श्रमिकहरूको मागलाई न्यायोचित ठहर गर्दै सरकारलाई चाँडै समाधान खोज्न आग्रह गरेको छ।
महासंघका अध्यक्ष गोपाल भट्टराईले हस्ताक्षर गरेको विज्ञप्तिमा आर्थिक, सामाजिक र श्रमिक अधिकार सुनिश्चित गर्न शान्तिपूर्ण आन्दोलनलाई समर्थन गर्दै वार्तामार्फत समाधान खोजिनुपर्नेमा जोड दिइएको छ।
साथै, भविष्यमा पनि व्यवसायिक न्याय, श्रमिक अधिकार र शान्तिपूर्ण समाज निर्माणमा महासंघ सक्रिय रहने उल्लेख गरिएको छ।