जेनजी समूह र नेपाली सेनाबीच आज औपचारिक वार्ता हुने भएको छ। बुधबारको लागि तय भएको वार्तामा अघि थुप्रै समूह जंगी अड्डा पुगे पनि औपचारिकता पूरा गर्न सकिएको थिएन।
नेपाली सेनाले आन्तरिक सहमति बनाएर र समूहको नेता चयन गरी वार्तामा आउन विभिन्न जेनजी समूहलाई आग्रह गरेको छ।
जेनजीको एउटा समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिसकेको छ। काठमाडौँका मेयर बालेन शाहले पनि कार्कीलाई समर्थन गरेका छन्।
केहीले राष्ट्रपतिसँग नभई सेनासँग वार्ता गर्नु असामान्य भएको विश्लेषण गरेका छन्।
बुधबार दुर्गा प्रसाई र धरानका मेयर हर्क साम्पाङ पनि आफ्नो पक्ष राख्न जंगी अड्डा पुगेका थिए। प्र
साईले बालेन वा कार्की जसलाई भएपनि स्वीकार्य हुने बताए भने हर्कले आफू नेतृत्व लिन इच्छुक रहेको दाबी पेश गरे।
गत सोमबार र मंगलबार भएको जेनजी आन्दोलनमा स्वास्थ्य मन्त्रालयका अनुसार ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते भएका छन्।