Skip to content
ललितपुरको एकान्तकुनामा अब दुईपाङ्ग्रे सवारीसाधनको ब्लुबुक (सवारी दर्ता प्रमाणपत्र) नवीकरण गर्ने सुविधा सुरु भएको छ ।
यो सेवा २२ औँ निजामती सेवा दिवसका अवसरमा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले शुभारम्भ गर्नुभयो ।
कार्यालयका अनुसार उपलब्ध कर्मचारी दरबन्दीअनुसार दैनिक करिब १,५०० देखि २,००० जनालाई सेवा दिन सक्ने व्यवस्था गरिएको छ ।
यसअघि यहाँ दैनिक २००–३०० वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण र त्यति नै संख्यामा नयाँ अनुमतिपत्र आवेदन दर्ता हुँदै आएको थियो ।
अब ब्लुबुक नवीकरण सेवासमेत सुरु भएपछि सेवाग्राहीले सजिलै एकै ठाउँबाट सुविधा लिन सक्ने भएका छन् ।
Post Views: 313