सीएफमोटोको आकर्षक फेस्टिभ अफर

नेपालमा सीएफमोटोका आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले चाडपर्व लक्षित फेस्टिभ अफर घोषणा गरेको छ।

यो अफर एनके २५०, एनके ३०० र एमटी ४५० मोडलमा लागू हुने कम्पनीले जनाएको छ।

एनके २५० खरिद गर्दा ३५ हजार रुपैयाँ नगद छुट र एक्सचेन्जमा ४५ हजारसम्म बोनस पाउने व्यवस्था गरिएको छ।

५० प्रतिशत डाउनपेमेन्टमा शून्य प्रतिशत ब्याज दर र ४० प्रतिशत डाउनपेमेन्टमा १५ हजार रुपैयाँ छुट दिइनेछ।

एनके ३०० खरिद गर्ने ग्राहकलाई एमटी ब्रान्डको प्रिमियम हेल्मेट र सीएफमोटो लोगो भएको हुडी उपहार दिइनेछ।

एमटी ४५० खरिद गर्दा १ वर्षभित्र ५ वटा फ्री राइड योजना र एउटा एमटी हेल्मेट उपलब्ध हुनेछ।

तीनवटै मोडलमा बम्पर लक्की ड्रमार्फत भाग्यशाली ग्राहकलाई ४ रात ५ दिनको बाली यात्रा उपहार दिइनेछ।

सीएफमोटोले हाल नेपालमा २५० एनके, ३०० एनके, ४५० एनके, ४५० एसआर र ४५० एमटी गरी पाँच मोडल बिक्रीमा राखेको छ।

गत वर्ष ल्याइएको ४५० एमटी प्रिमियम एड्भेन्चर सेग्मेन्टमा लोकप्रिय मोडलका रूपमा स्थापित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *