हिरोमा दशैं–तिहार छुट

हिरो मोटोकर्पले ‘हाम्रो परम्परा २०८२’ अफर सार्वजनिक गर्दै मोटरसाइकल र स्कुटर खरिदमा छुट दिने घोषणा गरेको छ।

दशैं, तिहार र छठपर्व लक्षित अफरअन्तर्गत ग्राहकले स्योरसट डिजिटल स्क्र्याचमार्फत न्यूनतम ८ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद छुट पाउनेछन्।

पुरानो मोटरसाइकल एक्सचेन्ज गर्दा ८ हजार रुपैयाँ छुटसँगै थप २०८२ रुपैयाँ पाउने प्रावधान छ।

यस हिसाबले ग्राहकले न्यूनतम १० हजार ८२ रुपैयाँदेखि १ लाख रुपैयाँसम्म क्यास डिस्काउन्ट पाउनेछन्।

फाइनान्स सुविधा प्रयोग गरी स्कुटर वा मोटरसाइकल खरिद गर्दा कुनै पनि सेवा शुल्क नलाग्ने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *