नाडाबाट सुनिल रिजाल निष्कासित

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले कार्यसमिति सदस्य सुनिल रिजाललाई पदबाट हटाएको छ।

बिहीबार बसेको कार्यसमितिको २२औं बैठकले रिजाललाई कारबाही गर्दै जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।

रिजालले नाडाको हित विपरीत गतिविधि गरेको आरोपमा यसअघि स्पष्टीकरण मागिएको थियो।

स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै नाडाले उनलाई केन्द्रीय सदस्यबाट हटाएको हो।

पदबाट हटाइएपछि रिजालले आफू नियोजित रूपमा निष्कासित भएको दाबी गर्दै अदालत जाने तयारी व्यक्त गरे।

उनले नाडाको हित विपरीत कुनै कार्य नगरेको र कानुनी बाटो खुलेको बताएका छन्।

त्यसैगरी, नाडाले भदौ २४ गते बोलाइएको विशेष साधारणसभा तत्कालका लागि स्थगित गरेको छ।

महासचिव सुरेन्द्र कुमार उप्रेतीका अनुसार आवश्यकता अनुसार चाँडै साधारणसभा पुनः आह्वान गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *