ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले यात्रु सुरक्षामा जोड दिँदै ‘सेफ्टी फस्ट’ तालिम सम्पन्न गरेको छ।
फाइटब्याक नेपालसँग सहकार्यमा आयोजित तालिममा १०० भन्दा बढी मोटरसाइकल र ट्याक्सी चालक सहभागी भए।
कार्यक्रम फाइटब्याक नेपालका संस्थापक विक्रान्त पाण्डेले सञ्चालन गरेका थिए।
उनले चालकलाई दैनिक जीवनमा देखापर्ने चुनौतीपूर्ण अवस्थालाई सामना गर्ने व्यावहारिक सीप सिकाए।
तालिममा यात्रुलाई सम्मान र सुरक्षा प्रदान गर्ने, व्यावसायिक आचरण र शिष्टाचार अपनाउने, असहज परिस्थितिमा प्रभावकारी प्रतिक्रिया जनाउने जस्ता सीप समावेश गरिएका थिए।
यो तालिम इनड्राइभको ‘सेफ्टी फस्ट’ सिद्धान्तलाई बलियो बनाउँदै प्लेटफर्मलाई अझ विश्वासिलो बनाउन केन्द्रित थियो।
फाइटब्याकको बीएचभी मोडल प्रयोग गरी छलफल, अभ्यास र व्यावहारिक सुरक्षा प्रशिक्षणमार्फत चालकलाई प्रत्यक्ष काम लाग्ने सीप दिइयो।
तालिम पूरा गर्ने चालकलाई प्रमाणपत्र र “भेरिफाइड ड्राइभर ब्याज” प्रदान गरिएको छ।
यसले उनीहरूलाई आधिकारिक रूपमा इनड्राइभ प्रमाणित चालकको रूपमा चिनाउँछ।
इनड्राइभ नेपालकी कन्ट्रि रिप्रेजेन्टेटिभ रीता पोखरेलले सुरक्षा इनड्राइभको मूल मिशन भएको बताउँदै, यस्ता तालिमले जिम्मेवार चालकको समुदाय निर्माणमा मद्दत गरिरहेको उल्लेख गरिन्।
फाइटब्याक नेपालका संस्थापक विक्रान्त पाण्डेले सहकार्य यात्रु सुरक्षाको संस्कार स्थापित गर्ने महत्त्वपूर्ण कदम भएको र विशेष गरी महिला यात्रुका लागि सुरक्षित वातावरण निर्माणमा योगदान पुर्याउने बताए।
समान अवसरयुक्त समाजको लक्ष्यसहित, इनड्राइभले आफ्नो प्लेटफर्ममा सुरक्षा, विश्वास र सम्मानलाई प्राथमिकतामा राखेको छ।
यो तालिमले इनड्राइभलाई ‘सेफ्टी फस्ट, पिपुल पावर्ड प्लेटफर्म’को रूपमा अझ सबल बनाएको कम्पनीको भनाइ छ।