जिहो स्कुटर फेस्टिभ अफर

सिएफमोटो र जिहो स्कुटरको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले चाडपर्व लक्षित विशेष अफर सार्वजनिक गरेको छ।

‘दसैंं तिहार जिहो, जिन्दगीको बहार’ नाम दिइएको यो योजनामा प्रिमियम इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले आकर्षक सुविधा पाउनेछन्।

कम्पनीले जिहो एई६ प्लस, एई४ र एई८ मोडल नगदमा खरिद गर्दा ३० हजार रुपैयाँ छुट दिने जनाएको छ।

एक्सचेन्जमार्फत खरिद गर्दा २५ हजार रुपैयाँ थप मूल्यांकन र फाइनान्स सुविधामा शून्य प्रतिशत ब्याजदर उपलब्ध हुनेछ।

बम्पर उपहारमा एक भाग्यशाली ग्राहकले बाली भ्रमणको अवसर पाउनेछन्।

एई६ प्लस अर्बन राइड कन्सेप्टमा तयार गरिएको मोडल हो भने एई४ फ्यामिली कन्सेप्टमा आधारित छ।

एई४ मा १२,५०० वाटको पिक पावर, ४.४ किलोवाट–घण्टाको लिथियम आयन ब्याट्री, लिक्विड कुल्ड मोटर, जिहो राइड एप, क्रुज कन्ट्रोल, रिभर्स गियर, स्लोप हिल असिस्ट, एन्टि थेफ्ट तथा ब्रेम्बो ब्रेकिङ सिस्टम जडान गरिएको छ, जसले सुरक्षित र आरामदायी राइड प्रदान गर्छ।

बिक्री तथा सेवा विस्तारका लागि कम्पनीले काठमाडौं उपत्यकामा नक्साल, झम्सिखेल र सल्लाघारीमा शोरुम सञ्चालन गरेको छ भने कालोपुल र सल्लाघारीमा सर्भिस सेन्टर उपलब्ध गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *