नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) की सह–कोषाध्यक्ष तथा टुरिजम र आउटरिच संयोजक कमला छेत्री एफआइएम फ्युचर लिडर्स प्रोग्राममा सहभागी हुन स्विजरल्याण्डको जेनेभा पुगेकी छिन्।
उनी विश्वव्यापी छनोटबाट सहभागी बनिएकी हुन्।
एफआइएम एकेडेमीद्वारा आयोजना गरिएको यस कार्यक्रममा विश्वका १६ देशका १९ जना फाइनलिस्ट सहभागी छन्।
प्रतियोगितामा उम्मेद्वारको शैक्षिक योग्यता, प्रविधिक दक्षता, सक्रियता र संघको प्रभावकारिताको आधारमा चयन गरिन्छ।
सो लिडर्स प्रोग्राम अन्तर्गत विगत ६ महिनादेखि सहभागीहरूलाई मोटरसाइकलिङ्ग सम्बन्धी नीतिगत, व्यवस्थापकिय, ब्राण्डिङ्ग, मार्केटिङ्ग, समावेशिकरण, समाजिक जिम्मेवारी, तथा क्लिन, ग्रिन र सस्टेनेबल मोटरसाइकलिङ्गमा अनलाइन तालिम दिइएको थियो।
कार्यक्रमको ग्र्याजुएसन तथा फिजिकल ट्रेनिङ्ग आज आउस अफ मोटरसाइकल, जेनेभामा एफआइएम अध्यक्ष जर्ज भेगासले सम्पन्न गरेका छन्।
दोलखा स्थायी बासिन्दा छेत्री विगत ३ वर्षदेखि रोड सेफ्टी कार्यक्रममार्फत नासा नेपालमा सक्रिय छिन् र पछिल्ला २ वर्षदेखि सह–कोषाध्यक्ष तथा हाल टुरिजम र आउटरिच संयोजकको जिम्मेवारी सम्हाल्दै आएकी छन्।