नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटाको १०औँ वार्षिकोत्सव मनाएको छ।
सार्वजनिक भएदेखि नै क्रेटा आफ्नो आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र भरपर्दो प्रदर्शनका कारण नेपाली बजारमा सबैभन्दा लोकप्रिय र विश्वासिलो एसयूभी बनेको छ।
वर्षौंदेखि विभिन्न मोडल र अपग्रेडहरू मार्फत क्रेटाले हरेक पटक नयाँ स्टाइल र प्रदर्शनको मापदण्ड सेट गरेको छ।
क्रेटा ईभीको आगमनसँगै यसले नवीन प्रविधि र वातावरणमैत्री यात्रा दुवैलाई अघि बढाएको छ।
यस १० वर्षे यात्रामा क्रेटाले हजारौँ परिवारलाई भरपर्दो सेवा दिएको छ भने भविष्यमा पनि हुन्डाई नेपालमा आधुनिक प्रविधि र दिगो यात्राको प्रतिबद्धतासँग अघि बढ्ने लक्ष्य राखेको छ।