Skip to content
यामाहा नेपालले गोरखा–६ मा नयाँ चन्दा सप्लायर्स थ्रिएस फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुरु गरेको छ।
यसलाई गोरखा नगर प्रमुख कृष्णबहादुर राना मगर, उपप्रमुख मसलीमाया थोकर र प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले संयुक्त रूपमा उद्घाटन गरे।
यस फ्यासिलिटीमार्फत ग्राहकले मोटरसाइकल बिक्री, बिक्रीपछिको भरपर्दो सर्भिस र जेनुइन स्पेयर पार्ट्स एउटै छानामुनि पाउनेछन्।
उद्घाटनको अवसरमा यामाहा नेपालले आफ्ना लोकप्रिय एफजेड र एमटी सिरिजका नयाँ भेरियन्ट पनि सार्वजनिक गर्यो।
एमएडब्ल्यु राइड्स प्रालिका सीईओ दीपककुमार अग्रवालले गोरखा तथा आसपासका ग्राहकलाई स्टाइल, प्रदर्शन र भरोसा भएको मोटरसाइकल उपलब्ध गराउने बताए।
त्यस्तै, चन्दा सप्लायर्सका निर्देशक चन्दनबाबु खत्रीले बिक्रीदेखि सर्भिससम्म उत्कृष्ट अनुभव दिने प्रतिबद्धता व्यक्त गरे।
नयाँ शोरुमले गोरखा र वरिपरिको क्षेत्रमा यामाहाको डिलर नेटवर्कलाई अझ मजबुत बनाएको छ।
अब त्यहाँका ग्राहकले यामाहाका सम्पूर्ण मोटरसाइकल, स्कुटर र आवश्यक पार्ट्स सहजै प्राप्त गर्न सक्नेछन्।
Post Views: 193