Skip to content
टीभीएस मोटरले आफ्नै लोकप्रिय किफायती बाइक रेडर को नयाँ भर्सन नेपाली बजारमा ल्याउन लागेको छ।
यसको खुद्रा मूल्य रु ३ लाख २५ हजार ९०० निर्धारण गरिएको छ।
यो बाइकमा १२४.८ सीसी क्षमताको एडभान्स्ड ३–भल्भ इन्जिन राखिएको छ, जसले एयर र आयल दुवै कुलिङ सुविधा प्रदान गर्छ।
यसले शून्यदेखि ६० किलोमिटर प्रति घन्टाको गति ५.८ सेकेन्डमै पुर्याउन सक्छ।
बाइकमा टेलिस्कोपिक फ्रन्ट फोर्क र मोनोशक रियर सस्पेन्सन, डिस्क तथा ड्रम ब्रेकका विकल्प, र विभिन्न राइड मोडहरू उपलब्ध छन्।
नयाँ भर्सनमा विशेष गरी इन्टेलिगो (आईजीओ) असिस्ट र इकोथ्रस्ट एफआई सिस्टम प्रविधि थपिएको छ।
यी प्रविधीहरूले इन्धन खपत कम गर्ने र माइलेज १० देखि १५ % सम्म बढाउने दाबी कम्पनीले गरेको छ।
यसमा १० लिटर पेट्रोल ट्यांकी क्षमता र १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ।
कम्पनीले यो मोडल युवाहरूमाझ बढी लोकप्रिय हुने अपेक्षा गरेको छ।
Post Views: 343