Skip to content
चक्रपथ दोस्रो खण्डको फाइनल डिजाइन एक महिनाभित्र चीनबाट आउने भएको छ।
डिजाइन आएपछि सडक विभागले समीक्षा गरेर ठेक्का प्रक्रिया अघि बढाउनेछ।
चीन सरकारको अनुदानमा कलंकीदेखि वसुन्धरा कल्भर्टसम्मको ८.२ किलोमिटर सडक विस्तार हुनेछ।
वनस्थली नजिक ढुंगेधारामा पुल बनाउने प्रस्ताव समावेश गरिएको छ।
डिजाइनमा बस रोक्ने स्थान र सवारीको मार्गसमेत तोकिएको छ।
ठेक्का प्रक्रिया सकेर निर्माण कम्पनी चयन भएपछि २०२६ जनवरीदेखि फिल्डमा काम सुरु हुने योजना छ।
यस खण्डमा सर्भिस लेनबाहेक आठ लेन सडक निर्माण हुनेछ।
Post Views: 147