लुम्बिनीमा सडक विस्तार

लुम्बिनी प्रदेशमा पछिल्लो सात वर्षमा ७४५ किलोमिटर नयाँ सडकको ट्रयाक खोलिएको छ।

आर्थिक वर्ष २०७५/७६ देखि २०८१/८२ सम्म कुल १,९०९ किलोमिटर सडक विस्तार भएको छ, जसमा १,६४५ किलोमिटर ग्राभेल र १,३०६ किलोमिटर कालोपत्रे गरिएको छ।

यस अवधिमा ५,८७२ कल्भर्ट कज वे, १०९ किलोमिटर ढलान, १८० सडक पुल र ६१ झोलुङ्गे पुल निर्माण गरिएको छ।

प्रदेशका १२ जिल्लामा सडक निर्माण र स्तरोन्नति गरिँदै आएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले ग्रामीण बस्तीलाई सडकसँग जोड्ने र सडक विस्तार, स्तरोन्नति गर्ने कार्यलाई प्राथमिकता दिएको बताएको छ।

प्रत्येक आर्थिक वर्षमा नयाँ ट्रयाक खोल्ने, सडक विस्तार, ग्राभेल, कालोपत्रे, कल्भर्ट कज वे, ढलान, पुल र झोलुङ्गे पुल निर्माणको विवरण प्रतिवेदनमा समावेश गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *