Skip to content
कञ्चनपुर र डडेल्धुरालाई जोड्ने दैजी–जोगबुढा सडक ८ वर्ष बित्दा पनि १२ किलोमिटरमध्ये ५ किलोमिटर मात्रै कालोपत्रे भएको छ।
२०७४ वैशाखमा २१ करोड रुपैयाँ लागतमा निर्माण सुरु भएको सडक २०७६ साउनमै सकिनुपर्ने भए पनि अहिलेसम्म अधूरो छ।
पाँच पटक म्याद थपिँदा पनि काम पूरा हुन सकेको छैन।
हालसम्म १८ करोड ३६ लाख भुक्तानी भइसकेको छ भने २ करोड ९० लाख मात्रै बाँकी छ। तर अझै ७ किलोमिटर काम बाकी छ।
सडक नबन्दा स्थानीयले धुलो, हिलो र लामो बाटो प्रयोग गर्नुपरेको गुनासो गरेका छन्।
यो सडक बनेमा कञ्चनपुरबाट डडेल्धुरा र पहाडी जिल्लामा पुग्ने दूरी छोटिनेछ।
Post Views: 160