पोखरामा नयाँ जेकु जे५

पोखरास्थित ओमोडा एण्ड जेकुको आधिकारिक वितरक ईलाइट मोटर्स प्रालि ले नयाँ शोरूमको उद्घाटनसँगै जेकु जे५ गाडी सार्वजनिक गरेको छ।

शिवचोक–१० मा रहेको २० हजार वर्गफुट क्षेत्रफलको नयाँ ३एस (सेल्स, सर्भिस, स्पेयर) सुविधा सम्पन्न शोरूममार्फत ग्राहकले एकै स्थानमा सम्पूर्ण सेवा पाउनेछन्।

सर्भिस सेन्टर अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको र प्राविधिकलाई विशेष प्रशिक्षण दिइएको कम्पनीले जनाएको छ।

लक्जरी एसयूभी वर्गमा पर्ने जेकु जे५ मा १८५ मिलिमिटर ग्राउन्ड क्लेरेन्स, प्यानोरामिक सनरूफ, १८ इन्च अलोय ह्वीलसहित स्पेयर टायर, ४६१ किमि रेन्ज र ४८० लिटर बुट स्पेसजस्ता सुविधा छन्।

उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मन्त्री बिन्दु कुमार थापा, सांसद प्रकाश बराललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

ईलाइट मोटर्सका प्रबन्ध निर्देशक गोपाल बरालले पोखरालाई प्रमुख बजार बताउँदै नयाँ शोरूम र जेकु जे५ मार्फत ग्राहकलाई उन्नत अनुभव दिने प्रतिवद्धता व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *