नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, मधेस प्रदेशको तेस्रो वार्षिक साधारणसभाले राहुल अग्रवाललाई अध्यक्षमा चयन गरेको छ।
नवनिर्वाचित समितिमा विवेक बेरीवाल, सन्तोष जयसवाल, विकास ठाकुर र किशोर भट्टराई उपाध्यक्ष बनेका छन्।
सचिव अभिषेक चौधरी, संयुक्त सचिव मुरारी केआर रौनियार, कोषाध्यक्ष दिपेन्द्र खेतान र संयुक्त कोषाध्यक्ष बिरेन्द्र केआर रौनियार निर्वाचित भएका छन्।
यस्तै, पीआर अफिसर र जनसम्पर्क अधिकृतमा राजु गुप्ता, मिडिया संयोजकमा सन्दीप अग्रवाल, कार्यसमिति सदस्यमा सन्दिप कुमार महतोसहित अन्य सदस्य चयन भएका छन्।
सल्लाहकार टिममा तेज नारायण साह, बजरंग यादवसहित राजेश, प्रकाश, विवेक, राज कुमार र राजेन्द्र अग्रवाललाई मनोनयन गरिएको छ। केन्द्रीय अध्यक्ष करण चौधरीले छोटो समयमा उल्लेखनीय प्रगति गरेको भन्दै नयाँ समितिलाई बधाई दिएका छन्।