टप गियर सूचीमा एमजी४

लोकप्रिय अनलाइन म्यागेजिन टप गियर ले मनपर्ने शीर्ष २० इलेक्ट्रिक कारको सूची सार्वजनिक गरेको छ।

यसमा पहिलो स्थानमा रेनो ५, दोस्रोमा हुन्डाई आयोनिक ५ एन र तेस्रोमा रोल्स रोयस स्पेक्टर रहेका छन्।

चौथोदेखि छैटौंसम्म पोस्र्चे टेक्यान, टेस्ला मोडल ३ र एमजी४ छन्।

यीमध्ये नेपालमा पाइने मात्र ईभी एमजी४ हो।

एमजी४ दुई भेरिएन्टमा उपलब्ध छ– कम्फर्ट (५१ किलोवाट–आवर ब्याट्री) र डिलक्स (६४ किलोवाट–आवर ब्याट्री)।

दुवैमा ९९ किलोवाट मोटर छ जसले ४३५ किलोमिटरसम्म रेन्ज दिन्छ।

यसले युके कार अफ द इयर २०२३ जितेको छ र युरो एनक्यापबाट ५ स्टार सेफ्टी रेटिङ पाएको छ।

नेपाली बजारमा यसको मूल्य क्रमशः ४१ लाख ४९ हजार र ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *