वेस्पा–अप्रिलिया चाडपर्व अफर

Delta Autocorp Pvt. Ltd. ले आफ्नो प्रिमियम इटालियन स्कूटर ब्रान्ड Vespa र Aprilia का लागि दशैं–तिहार विशेष अफर “Double ya Triple Babbal Offer” घोषणा गरेको छ।

अफरअनुसार ग्राहकहरूले स्क्र्याच कार्डमार्फत क्यासब्याक पाउनेछन् र QR कोड स्क्यान गरेपछि क्यासब्याक दोब्बर वा तीन गुणा हुनेछ।

यसका साथै साप्ताहिक लकी ड्रमा थाइल्यान्ड भ्रमणको अवसर, स्कूटर किन्दा निःशुल्क ब्रान्डेड हेल्मेट, र प्रचार अभियानको अन्त्यमा १० लाख रूपैयाँको बम्पर क्यास पुरस्कार पनि उपलब्ध हुनेछ।

ग्राहकहरूले ४.९९% ब्याजदरमा EMI सुविधा ०% सेवा शुल्कसहित लिन सक्नेछन्।

साथै, स्कूटर एक्सचेन्ज गर्दा अधिकतम १ लाख ५० हजार रुपैयाँसम्म अतिरिक्त मूल्यांकन र न्यूनतम ४० हजार रुपैयाँको सुनिश्चित मूल्य पाउन सकिने व्यवस्था छ।

Delta Auto Corp. का निर्देशक र CEO विजय कुमार महतोले भन्नुभयो, “दशैं–तिहारको रमाइलो, उत्सव र सरप्राइज हामी आफ्ना ग्राहकहरूसम्म पुर्‍याउन चाहन्छौं।

यस अफरमार्फत ग्राहकहरूलाई स्कूटर मात्र नभई उत्सवको रमाइलो र विशेष पुरस्कार पनि दिइन्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *