हिमालयन जाभामा एनआईबीएल लगानी

एनआईबीएल इक्विटी पार्टनर्स र हिमालयन जाभा कम्पनीबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ।

नक्सालमा बिहीबार आयोजित समारोहमा एनआईबीएल तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र हिमालयन जाभा तर्फबाट संस्थापक गगन प्रधानले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो।

सम्झौताको उद्देश्य नेपाली ब्रान्ड र मौलिकतालाई विश्व बजारमा प्रवर्द्धन गर्नु र हिमालयन जाभालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नु हो। एनआईबीएलको लगानीले ब्रान्डलाई प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्वास व्यक्त गरिएको छ।

हिमालयन जाभाका संस्थापक गगन प्रधानले यो साझेदारीले स्वदेशमै रोजगारी सिर्जना गर्न र दिगो वृद्धिमा योगदान पुर्‍याउने धारणा राख्नुभयो।

सन् १९९९ मा स्थापित यस कफी ब्रान्डले नेपालमा ७० भन्दा बढी आउटलेट, १८ हिमालयन जाभा एक्सप्रेस आउटलेट, र दुई उच्च श्रेणीका Gallery by Himalayan Java आउटलेट सञ्चालन गर्दै आएको छ।

यस लगानीले बिक्री वृद्धि र विश्व बजारमा निर्यातको अवसर बढाउने अपेक्षा गरिएको छ।

साथै, किसान, रोस्टर, बारिस्टा र फ्रेन्चाइज चेनमा काम गर्ने सबैलाई नयाँ अवसर प्राप्त हुने एनआईबीएल इक्विटी पार्टनर्सले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *