इनड्राइभले दशैं–तिहारको अवसरमा आफ्ना चालक साथीहरूलाई सम्मान गर्न “प्लेटिनम ड्राइभर्स गिभअवे” नामक अभियान सुरु गरेको छ।
यो अभियान दुई चरणमा हुनेछ, पहिलो चरण भाद्र ९ देखि १५ र दोस्रो चरण भाद्र १६ देखि असोज ५ सम्म चल्नेछ।
अभियानमा सहभागी भएर प्लेटिनम स्टाटस कायम गर्ने चालकहरूले साप्ताहिक पुरस्कार जित्न सक्नेछन् भने सम्पूर्ण चरणमा निरन्तर प्लेटिनम रहनेहरूले ग्रान्ड प्राइजका लागि प्रतिस्पर्धा गर्न पाउनेछन्।
पुरस्कारमा टाटा ईभी कार, टीभीएस मोटरसाइकल, मोबाइल फोन, स्मार्टवाच र इयरबड्स राखिएका छन्।
इनड्राइभले यो अभियान चालकहरूको कडा मेहनत र समर्पणलाई सम्मान गर्न ल्याएको हो।
कम्पनीका अनुसार बढी राइड गर्ने चालकलाई जित्ने सम्भावना अझै धेरै हुन्छ।