वार्षिक ५० करोड आम्दानी….

नेपालको पहिलो सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’मा चल्ने सवारीसाधनका लागि सरकारले उपभोग दस्तुर (टोल ट्याक्स) स्वीकृत गरेको छ ।

गत सोमबार मन्त्रिपरिषद्को बैठकले ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि दस्तुर तोकेको हो ।

निर्माणको अन्तिम चरणमा रहेको यो सुरुङमार्ग आगामी पुसदेखि सञ्चालनमा ल्याउने तयारी छ ।

सडक बोर्डले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुँदै पेस गरेको प्रस्तावका आधारमा मन्त्रिपरिषद्ले दस्तुर तोकेको हो । सवारीसाधनका प्रकृतिअनुसार फरक–फरक दर तोकिएको छ ।

तोकिएको दरमा टोल ट्याक्स उठाउँदा वार्षिक १० करोड बचत हुने अनुमान छ । सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीका अनुसार वार्षिक ५० करोड रुपैयाँसम्म राजस्व संकलन र ४० करोड खर्च हुने अनुमान छ ।

यस्तै, २४ घण्टा नै सुरुङमार्ग सञ्चालन गर्न वार्षिक ४० करोड रुपैयाँसम्म चाहिने देखिएको छ ।

सुरुङमार्ग सञ्चालन सम्बन्धमा सडक विभागले तयार गरेको अध्ययनको प्रारम्भिक प्रतिवेदनले नियन्त्रण कक्ष भवन सञ्चालन तथा कर्मचारी, विद्युत्, अक्सिजनलगायतका पूर्वाधार व्यवस्थापन सोबराबरको खर्च चाहिने देखाएको छ ।

आठ–आठ घण्टा गरेर तीन सिफ्टमा सञ्चालन गर्न १५० जना कर्मचारी आवश्यक पर्ने देखिएको छ । यसैगरी सुरुङभित्र २४ घण्टा नै विद्यु्त, अक्सिजन, टेलिकम, इन्टरनेटलगायतका सुविधा हुनुपर्नेछ ।

यसैगरी दुवैतर्फ रहेको नियन्त्रण कक्ष भवनबाट सुरुङ सञ्चालन गर्ने तथा टोल ट्याक्स उठाउनेलगायतका प्रशासनिक काम गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *