Skip to content
अमेरिकी अटो निर्माता फोर्डले करिब ७ खर्ब रुपैयाँ (५ अर्ब डलर) लगानी गरेर नयाँ विद्युतीय गाडी (इभी) उत्पादन गर्ने घोषणा गरेको छ।
यो लगानी ‘नेक्स्ट मोडल टी मोमेन्ट’ परियोजनाअन्तर्गत हुनेछ।
कम्पनीले यस अन्तर्गत नयाँ एसेम्बली लाइन र ब्याट्री उत्पादनमा खर्च गर्ने योजना बनाएको छ।
हाल नयाँ मोडलको नाम सार्वजनिक भएको छैन, तर यो किफायती इलेक्ट्रिक पिकअप ट्रकको रूपमा ल्याउने तयारी भइरहेको छ।
परियोजनाले अमेरिकामा करिब ४ हजार रोजगार सिर्जना गर्ने अपेक्षा गरिएको छ।
Post Views: 234