डिपल S05 नाडा अटो शोमा डेब्यू

एमएडब्लू वृद्धिले चीनको प्रिमियम इलेक्ट्रिक एसयूभी डिपल S05 आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंमा हुने नाडा अटो शो २०२५ मा पहिलोपटक सार्वजनिक गर्ने भएको छ।

डिपल S05 मा ५६.१२ kWh क्षमताको ब्याट्री दिइएको छ, जसले WLTP मापनअनुसार एकपटकको चार्जमा ४७० किमी सम्मको दायरा (रेन्ज) प्रदान गर्ने दाबी गरिएको छ।

यसमा रहेको ९९ kW पावर मोटरले अधिकतम १४० km/h गति दिन सक्षम छ।

सुरक्षा र सुविधाका लागि यसमा ADAS (एडभान्स ड्राइभर असिस्ट सिस्टम), AR-HUD (अग्मेन्टेड रियालिटी हेड-अप डिस्प्ले), हुवावे Xboxel हेडलाइट, १५.४ इन्चको ठुलो टचस्क्रिन, १४ स्पीकर प्रिमियम अडियो सिस्टम जस्ता अत्याधुनिक प्रविधिहरू समावेश गरिएको छ।

यसको डिजाइन आकर्षक र भविष्यमुखी राखिएको छ, भित्री भागमा प्रिमियम मटेरियल र आरामदायी सिटको प्रयोग गरिएको छ।

नाडा अटो शोमा सार्वजनिक भइसकेपछि डिपल S05 नेपाली ईभी बजारमा आधिकारिक रूपमा बिक्रीका लागि आउनेछ र यसले टाटा, बीवाईडी, एमजी लगायतका ब्रान्डसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *