नेपाल मोबिलिटी एक्स्पो सम्पन्न

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा)द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सोमबार विशेष समारोहका साथ सम्पन्न भएको छ।

श्रावण २१ गतेदेखि २६ गतेसम्म चलेको एक्स्पोलाई एक लाखभन्दा बढी दर्शकले अवलोकन गरेका छन्।

समापन समारोहमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो अपेक्षाभन्दा बढी सफल भएको बताउँदै सम्पूर्ण सहभागी, प्रायोजक र साझेदारलाई धन्यवाद दिनुभयो।

उहाँले ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता, उच्च ऊर्जा, विचार र सहकार्यले नेपालको मोबिलिटी क्षेत्रमा नयाँ आयाम थपेको बताउनुभयो।

कार्यकारी निर्देशक राजकुमार दुलालले पाँच दिनसम्म चलिएका निःशूल्क सिकाई सत्रमार्फत नेपाल र भारतका विज्ञहरूसँग अनुभव आदान–प्रदान भएको उल्लेख गर्नुभयो।

नाइमाले भविष्यमा पनि यस्ता कार्यक्रम नियमित आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *