उदयपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका–७, अँधेरीस्थित जोगिटोल खण्डमा मालबाहक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको प्र ३–०१–००६ ख ०५६१ नम्बरको रेडबुल (पेय पदार्थ) बोकेको ट्रकले पैदल हिँडिरहेका रौतामाई गाउँपालिका–७ निवासी अन्दाजी ७२ वर्षीय टंकबहादुर लामिछाने मगरलाई ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहरनाथ योगीले जानकारी दिए।

दुर्घटनामा ट्रकका सहचालक दोलखा कालिन्चोक गाउँपालिका–४ निवासी अन्दाजी ४० वर्षीय गोमे दर्जी घाइते भएका छन्।

उनको दाहिने खुट्टामा चोट लागेपछि उपचारका लागि जिल्ला अस्पताल गाईघाट पठाइएको छ।

ट्रकचालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१४ का नवराज राउतलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *