Skip to content
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यो वर्षको ‘नाडा अटो शो’लाई विशेष ढंगले आयोजना गर्न लागेको छ।
आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने यो अटो शो नाडाको १७औँ संस्करण हुनेछ।
नाडाका अध्यक्ष करण कुमार चौधरीका अनुसार, यस वर्षको शो अझ व्यवस्थित, प्रविधिमैत्री र दर्शकहरूको अनुभवलाई केन्द्रमा राखेर बनाइनेछ।
उनले भने, “यो संस्करण ऐतिहासिक हुने छ, जहाँ पुराना उपलब्धिहरू र भविष्यको सम्भावनाको संगम देख्न पाइनेछ।”
शोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे सवारीसाधन, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, ग्यारेज इक्विपमेन्ट लगायतका सामग्री प्रदर्शनीमा रहनेछन्।
ग्राहक आकर्षणका लागि विभिन्न अफरहरू र प्रविधियुक्त मोडेलहरू पनि सार्वजनिक गरिनेछन्।
नाडाले शो सफल बनाउन सुरक्षा, सुविधा, ट्राफिक व्यवस्थापन, पार्किङ आदि सबै पक्षमा विशेष ध्यान दिएको छ।
Post Views: 208