भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मंगलबार बिहान नागढुंगा सुरुङको निरीक्षण गर्नुभएको छ।
सडक विभागका अधिकारीहरूसहित मन्त्री दाहालले सुरुङको हालको अवस्थाबारे जानकारी लिनुभएको थियो।
निरीक्षणका क्रममा मन्त्री दाहालले सुरुङ सञ्चालनका लागि बाँकी रहेका कामहरू छिटो सम्पन्न गर्न निर्देशन दिनुभयो।
सडक विभागका महानिर्देशक विजय जैशीले मन्त्रीलाई सुरुङको संरचना निर्माण कार्य सम्पन्न भइसकेको र हाल पहिरोको जोखिममा रहेका क्षेत्रहरूमा काम भइरहेको जानकारी गराउनुभएको थियो।