सल्यान गाडी दुर्घटना : १४ जना घाइते

सल्यान गाडी दुर्घटनामा घाइते भएका १४ जनाको विवरण खुलेको छ। नेपालगन्जबाट सल्यानको रागेचौर जाँदै गरेको भे.१ख ३९९६ नम्बरको एसएमएल गाडी कुमाख गाउँपालिका– २, बराई जिउला मोडमा अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा परी सल्यान कुमाख– ४ का अन्दाजी २८ वर्षीय चालक पारस आचार्य, ३६ वर्षीय भूपेन्द्र बस्नेत, ६३ वर्षीय टीकाराम आचार्य, सुर्खेत भेरीगंगा नगरपालिका– ९ की ३१ वर्षीया तुलसा सुनार, कुमाख– २ की ३२ वर्षीया दीपा बुुढाथोकी, उनकी ६ वर्षीया छोरी कोपिला बुढाथोकी रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।

यस्तै, कुमाख गाउँपालिका– १ का १६ वर्षीय इन्द्र रावत, कुमाख– ४ का ५६ वर्षीय डोले बस्नेत, रुकुम पश्चिम चौरजहारी नगरपालिका– १ की ८४ वर्षीया चन्द्री बस्नेत, ३१ वर्षीया कुन्ता विष्ट, कुमाख– ४ की ३५ वर्षीया निर्मला बुढाथोकी, १० वर्षीया जेनिसा राना, ६ वर्षीय महेन्द्र बस्नेत र ६२ वर्षीय कलिभान हमाल रहेको प्रहरीको भनाइ छ।

घाइते सबैलाई उपचारका लागि नेपालगन्ज पठाइएको बस्नेतको भनाइ छ।

गाडी सडकको मोडबाट झन्डै २५ मिटर तल अर्को सडकमा खसेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *