महिन्द्रा जिओ इभि पिकअप सार्वजनिक

अग्नि इन्कर्पोरेटेड प्रालिले हेटौँडामा आयोजित लजिस्टिक्स उद्घाटन तथा प्रोडक्ट लन्च समारोहमार्फत महिन्द्राका दुई नयाँ विद्युतीय सवारी साधन सार्वजनिक गरेको छ ।

‘महिन्द्रा जिओ इभि डेलिभरी भ्यान’ र ‘महिन्द्रा जिओ इभि पिक–अप’ तथा नयाँ एसयुभि ‘महिन्द्रा बोलेरो नियो’ नेपाली बजारमा सार्वजनिक गरेको हो ।

‘महिन्द्रा जिओ’ विद्युतीय लास्ट माइल मोबिलिटीको लागि बनाइएको व्यावसायिक सवारी हो, जसमा ३० किलोवाटको इलेक्ट्रिक मोटर, एकै चार्जमा १६० किमि रेन्ज, र ३ वर्ष वा १,२५,००० किमि ब्याट्री वारेन्टीजस्ता विशेषताहरू छन् ।

कम लागतमा सहरभित्र डेलिभरी सेवा दिने लक्ष्यसहित बजारमा ल्याइएको यो सवारी, खाद्यान्नदेखि तरकारीसम्म ओसार्न उपयोगी हुने कम्पनीको भनाइ छ।

त्यस्तै, बोलेरो नियो एसयुभि १४९३ सिसिको एमहक१०० बिएसभिआइ इन्जिन, थर्ड जेनेरेसन स्कोर्पियो च्यासिस, ७ सिटर कन्फिगरेसन, इटालियन लेदर इन्टेरियर र ३८४ लिटरको बुट स्पेससहित नेपाली उपभोक्ताका लागि बहुउपयोगी एसयुभि हो ।

ुसहयात्री तपाईंको, हरेक यात्राकोु भन्ने नारासहित सार्वजनिक गरिएको बोलेरो नियो नेपाली भूगोललाई ध्यानमा राखी डिजाइन गरिएको छ र व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनमा उपयुक्त छ ।

महिन्द्राको दुई पाङ्ग्रे, चार पाङ्ग्रे सवारी तथा निर्माण उपकरणका विक्री, सर्भिस र स्पेयर सुविधाहरू पनि सोही लजिस्टिक्स सेन्टरभित्र उपलब्ध हुने गरी अग्नि ग्रुपले व्यवस्था मिलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *