Skip to content
लुम्बिनी लायन्सले भावना घिमिरेलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (CEO) को रूपमा नियुक्त गरेको छ।
घिमिरेसँग नेपाली क्रिकेट प्रशासनमा गहिरो अनुभव छ। उनले यसअघि क्रिकेट संघ नेपाल (CAN) को CEO को रूपमा पनि काम गरिसकेकी छन्।
क्रिकेट व्यवस्थापन र रणनीतिमा दख्खल राख्ने घिमिरेले लुम्बिनी लायन्सको दीर्घकालीन योजना र रणनीति सुधारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
उनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (ICC) का प्रतियोगिताहरूमा पनि परामर्शदाताको रूपमा कार्य गरिसकेकी छन्।
लायन्सका अध्यक्ष ईश्वर जीसीले भने, “हामी भावना घिमिरेलाई हाम्रो लायन्स परिवारमा स्वागत गर्न पाउँदा उत्साहित छौं।
उनको अनुभव र समर्पणले लुम्बिनी लायन्सलाई नयाँ उचाइमा पुर्याउनेछ।”
घिमिरेको नेतृत्वले टिम व्यवस्थापन, खेलाडी विकास र समग्र क्लबको व्यावसायिकता मजबुत बनाउने अपेक्षा गरिएको छ।
Post Views: 220