आर एन्ड डी नभएका इलेक्ट्रिक स्कूटर तुरुन्त रोक्न सरकारसँग माग

पछिल्ला वर्षहरूमा नेपालमा इलेक्ट्रिक स्कूटरको प्रयोग तीव्र गतिमा बढिरहेको छ।

स्वच्छ ऊर्जा, न्यून खर्च र वातावरणमैत्री प्रविधिको नाममा विभिन्न ब्राण्डका स्कूटरहरू बजारमा आएका छन्।

तर तीमध्ये धेरैजसो स्कूटरहरू अनुसन्धान तथा विकास (R&D) विहीन — वा न्यूनस्तरीय परीक्षणमा आधारित — भएर ल्याइएका पाइन्छन्।

भारत र चीनबाट आयात हुने केही ब्रान्डहरूमा समेत कुनै ठोस R&D प्रक्रिया अपनाइएको छैन, जसको असर नेपाली प्रयोगकर्ताको सुरक्षामा गम्भीर रूपमा पर्न सक्छ।

नेपालमै असेंबल गरिने भनिएका केही स्कूटरहरूमा पनि निर्माता कम्पनीसँग आफ्नै R&D विभाग नै छैन।

यसरी आर एन्ड डी विहीन उत्पादनले न त टिकाउपनाको ग्यारेन्टी दिन सक्छ, न त सुरक्षाको।

प्राविधिक परीक्षण बिना उत्पादन भएका यस्ता सवारी साधनले ब्रेकडाउन, ब्याट्री विस्फोट, र सडक दुर्घटनाको जोखिम बढाउने खतरा हुन्छ।

अझ दुःखद त के भने, यस्ता स्कूटरहरू उपभोक्तालाई आकर्षक मूल्य र अफरको लोभ देखाएर बिक्री गरिन्छ, तर त्यसको दीर्घकालीन प्रभावबारे कुनै ग्यारेन्टी दिइँदैन।

यस विषयमा Luyuan Nepal का Sales & Marketing Head शंकर शर्मा भन्छन्, “नेपालको बजारमा अहिले गुणस्तर भन्दा सस्तो मूल्य र आकर्षक अफरको आधारमा स्कूटर बेच्ने होड चलेको छ।

तर ग्राहकको सुरक्षालाई बेवास्ता गरेर R&D विहीन स्कूटर ल्याउनु अत्यन्तै खतरनाक कुरा हो। सरकारले यस्ता स्कूटरको आयातमा तुरुन्त रोक लगाउनुपर्छ।”

विशेषज्ञहरूका अनुसार आर एन्ड डी नभएको इलेक्ट्रिक स्कूटर बजारमा ल्याउनु उपभोक्ताको जीवनसँग खेलवाड गर्नु हो।

यस्तो लापरवाही रोक्न नेपाल सरकारले तत्काल कदम चाल्न जरुरी भएको उनीहरूको भनाइ छ। बजारमा ल्याइने प्रत्येक इलेक्ट्रिक स्कूटरले कम्तीमा पनि तीन तहको परीक्षण — प्राविधिक गुणस्तर, सुरक्षा, र वातावरणीय प्रभाव — पार गर्न अनिवार्य बनाइनु पर्ने आवश्यकता देखिएको छ।

अहिले नै नियन्त्रण नगरिएमा केही वर्षपछि नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको विश्वास घट्ने खतरा देखिन्छ।

त्यसैले सरकारले तुरुन्तै आर एन्ड डी नभएका स्कूटरहरूको आयात, बिक्री र प्रयोगमा प्रतिबन्ध लगाउनु पर्ने आवाज उठ्न थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *