दिल्लीमा लागू गरिएको वायु प्रदूषण विरोधी कडा अभियानको बीचमा दिल्लीभरका पेट्रोल र डिजेल स्टेशनहरूमा सामान ढुवानी गर्ने, निजी कार र दुई पाङ्ग्रे सवारी साधनहरसहित अनुमानित ६१ लाख १४ हजार ७ सय २८ सवारी साधनहरूलाई इन्धन निषेध गएको स्थानीय यातायात विभागका एक अधिकारीले बताएका छन् । यो नियम मंगलवारदेखि लागू भउको हो ।
दिल्ली विश्वभरका सबैभन्दा प्रदूषित राजधानी शहरहरूमध्ये एक थियो ।
विशेष गरी जाडो महिनाहरूमा वायु प्रदूषण वायु गुणस्तर सूचकांकको हिसावले १ हजारको खतरनाक स्तरमा पुगेको थियो ।
पेट्रोल र डिजेलमा सञ्चालित पुराना सवारी साधनहरूलाई प्रायः यहाँ वायु प्रदूषणको प्रमुख योगदानकर्ता मानिन्छ ।
इन्धन प्रतिवन्ध अन्तर्गत १५ वर्षभन्दा पुराना पेट्रोल सवारी साधनहरू र १० वर्षभन्दा पुराना डिजेल सवारी साधनहरूलाई इन्धन भर्नबाट रोकिनेछ र प्रवर्तन एजेन्सीहरूले तुरुन्तै जफत गर्नेछन् ।
यी मध्ये ४० लाखभन्दा बढी सवारी साधनहरू दुई पाङ्ग्रे सवारी साधनहरू भएको भनिएको थियो ।
पुरानो सवारी साधनहरू वा विशेष अनुमतिपत्र भएका र कम्प्रेस्ड प्राकृतिक ग्यासमा सञ्चालित सवारी साधनहरूलाई इन्धन प्रतिबन्धबाट छुट दिइनेछ ।
दिल्लीभरि लगभग ५०० इन्धन स्टेशनहरूमा स्थापित स्वचालित नम्बर प्लेट पहिचान क्यामेराहरूद्वारा पहिचान गरिनेछ ।
चरणवद्ध योजनाको एक भागको रूपमा यस वर्ष नोभेम्बरदेखि गुरुग्राम, फरीदाबाद, गाजियाबाद, गौतम बुद्ध नगर र सोनीपत लगायत दिल्लीका पाँच उच्च सवारी घनत्व भएका जिल्लाहरूमा यस्तै प्रतिवन्ध लागू गरिनेछ ।
आदेशअनुसार राष्ट्रिय राजधानी क्षेत्रका बाँकी भागहरू अर्को वर्ष अप्रिलदेखि इन्धन प्रतिवन्ध अन्तर्गत पर्नेछन् ।