चितवनमा बस दुर्घटनामा ६ मृतक

चितवनको राप्ती नगरपालिका–४ मा यात्रु बस र विद्युतीय माइक्रोबस ठोक्किँदा सातमध्ये छ जनाको मृत्यु भएको छ।

मृतकमध्ये पाँचजना मकवानपुरको हेटौँडाका हुन्, जसमा एकैघरका तीनजनासमेत छन्।

मृत्यु हुनेहरूमा सोमप्रसाद रुपाखेती, मैयाकुमारी न्यौपाने, उनका छोरा सरोज पहाडी, गर्भवती बुहारी रेनुका कँडेल, र माइक्रोबस चालक राजु थिङ छन्।

अर्की मृतक रौतहटकी सीता कुमारी हुन्।

घाइते २४ जनालाई उपचार भइरहेको छ।

दुर्घटना धनगढीबाट काँकडभिट्टातर्फ जाने बस र हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको इभी माइक्रोबसबीच भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *