Skip to content
पछिल्लो दुई दिनको भारी वर्षापछि बाढी र पहिरोले अवरुद्ध भएका १० सडकमध्ये ७ सडकमा यातायात सञ्चालनमा आएको छ।
तर तीन ठाउँमा अझै सडक बन्द छ।
नवपलरासीको विनयी खोलामा डाइभर्सन बगाएर सडक बन्द छ भने रोल्पा, पाल्पा र अन्य ठाउँमा पहिरोले सडक अवरुद्ध भएको छ।
ललितपुर, धनकुटा, म्याग्दी, गुल्मी लगायतका स्थानमा सडकहरू पहिरो हटाएर खोलिएको छ।
जुम्ला र डोल्पामा पनि सडक एकतर्फी खुलेको छ।
मनसुनको प्रभावले जोखिम बढेकाले प्रहरीले सबैलाई सतर्क रहन अनुरोध गरेको छ।
Post Views: 256