Skip to content
काठमाडौंको कालोपुलमा नयाँ इलेक्ट्रिक युटिलिटी कम्पनी ‘अटो पार्लर प्रालि’ सञ्चालनमा आएको छ।
यो कम्पनीले विभिन्न ब्राण्डका इलेक्ट्रिक गाडीका प्रिमियम एसेसरिज एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्य राखेको छ।
अटो पार्लरले गुणस्तरीय एसेसरिज बिक्री, फिटिङ र बिक्रीपछिको सेवा पनि दिनेछ।
प्रबन्ध निर्देशक राजिब केसीका अनुसार, बीवाईडी, एमजी, दीपल लगायतका धेरै ब्राण्डका गाडीका सबै प्रकारका एसेसरिज उपलब्ध छन्।
मिरर कभर, सिट कभर, स्टेरिङ कभर, ३६० क्यामेरा जस्ता सामग्रीहरू ग्राहकलाई दिइनेछ।
साथै ग्राहकलाई उपयुक्त सामान छान्न प्राविधिक सहयोग पनि उपलब्ध हुनेछ।
अटो पार्लरमा गाडी र मोटरसाइकलका लागि पार्किङ सुविधा पनि छ।
Post Views: 125