धनगढीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

धनगढीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित धनगढी–अत्तरिया सडकखण्डमा आइतबार बिहान अत्तरियातर्फ जाँदै गरेको सुपप्र०१०१२प ४६४८ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक धनगढी-७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए ।

उनकाअनुसार स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिँदा दुर्घटना भएको हो ।

टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि माया मेट्रो अस्पताल धनगढी लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषित गरेको सिंहले बताए ।

उनकाअनुसार स्कुटर पछाडि सवार धनगढी-१२ बस्ने ३२ वर्षीया सीता कुस्मी घाइते भएकी छन् ।

उनको पनि माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *